काठमाडौँ । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीतर्फ लागेका नेताहरू पछिल्लो समय एमालेमा फर्किन थालेका छन् । शनिबार नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले फर्किन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा एमालेमा स्वागत गरे ।
हालसम्म नेकपा एसबाट ३१ जना केन्द्रीय सदस्यहरूले एमालेमा फर्किसकेका छन् । यस्तै ३ जना पदाधिकारी र १४ जना जिल्ला अध्यक्षहरू पनि एमालेमा फर्किएका छन् ।
नेकपा एसभित्र पछिल्लो समय संगठनात्मक र अध्यक्ष माधव नेपालसँगको असहमतिको विवादमात्र होइन वैचारिक विवाद समेत चर्किएको छ । झलनाथ खनालले वैचारिक रूपमै विमति राखेर सचिवालय बैठकमा घण्टौँ बोलेका छन् ।







