सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँ

जनता संवाददाता
२०८१ भाद्र १२ गते, बुधबार

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपियाँले सुन महँगिएको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपियाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपियाँ बढेको छ । अघिल्लो दिन १८५० रुपियाँ रहेको चाँदी आज एक हजार ८५५ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते, बुधबार


Scroll to Top

Janata Media