टी-२० क्रिकेटमा नेपालद्वारा चार विश्व कीर्तिमान

जनता संवाददाता
२०८० आश्विन १० गते, बुधबार

काठमाडाैँ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा क्रिकेटमा नेपालले चारवटा विश्व कीर्तिमान बनाएको छ ।‍ समूह चरणको पहिलो खेलमा बुधबार मंगोलियासँग खेलेकाे नेपालले २ सय ७३ रनको कीर्तिमानी जीत हात पारेकाे छ । टी-ट्वान्टी क्रिकेटमा यो अहिलेसम्मकै ठुलो अन्तरको जित हो । ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियालाई नेपालले ४१ रनमा समेटेको थियो । मंगोलिया अन्तराष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेको हो ।

नेपालले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा धेरै रनको कीर्तिमान पनि बनाएको छ । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध बनाएको २ सय ७८ रन अहिलेसम्मको सर्वाधिक रनको कीर्तिमान थियो ।

नेपालको कीर्तिमानको यात्रा यतिमै रोकिएन । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ५० रन पुरा गर्दै थोरै बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान  बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा यो कीर्तिमान बनाएका थिए। ९ बलमा अर्धशतक बनाउने दीपेन्द्रको कीर्तिमान तोड्न अर्को ब्याटरलाई कठिन पर्ने क्रिकेट विश्लेषकले बताएका छन् ।

त्यस्तै, कुशल मल्लले सबैभन्दा चाँडो सतक बनाउने विश्व कीर्तिमान कायम गरेका छन् । उनले मात्र ३४ बलमा शतक पूरा गरे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिल्नरले बंगलादेशविरुद्ध ३५ बलमा शतक बनाउँदै यो कीर्तिमान कायम गरेका थिए । 

प्रकाशित मिति : २०८० आश्विन १० गते, बुधबार


Scroll to Top

Janata Media