कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

जनता संवाददाता
२०८० आश्विन ३० गते, मंगलवार

काठमाडौँ । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेका छन् ।

उनी जीप चालक हुन् । बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटनामा परेको थियो ।

ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३० मिटर तल खसेको र जीपमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० आश्विन ३० गते, मंगलवार


Scroll to Top

Janata Media