रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

जनता संवाददाता
२०८२ जेष्ठ १० गते, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।

अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुने छन्।

जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुने छन् । तर, त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते, शनिबार


Scroll to Top

Janata Media