सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न

जनता संवाददाता
२०८० कार्तिक २ गते, बिहीबार

काठमाडौं । सानिमा बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको नौ प्रतिशत बोनस शेयर र पाँच दशमलव ७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७९/८० मा दुई अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति दुई खर्ब १५ अर्ब ६४ करोड रुपैंयाँ, कुल निक्षेप एक खर्ब ७८ अर्ब ८५ करोड रुपैंयाँ तथा खुद कर्जा सापटी एक खर्ब ४९ अर्ब ८७ करोड रुपैंयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२ दशमलव ५६, पाँच दशमलव ७८ र १२ दशमलव शुन्य दुई प्रतिशतले बृद्धि गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते, बिहीबार


Scroll to Top

Janata Media