पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

जनता संवाददाता
२०८० कार्तिक ५ गते, आईतवार

काठमाडौँ । पाल्पाको तानसेन रानीमहल सडक खण्डमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज साँझ ५ बजे जीप दुर्घटना भएको हो । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् । दुर्घटना अप्ठ्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते, आईतवार


Scroll to Top

Janata Media