काठमाडौं । शरद ऋतुमा हिमाल चढ्न आइतबारसम्म ५ समूहका ४२ जनाले अनुमति लिएका छन् । यसरी अनुमति लिनेमा अर्जेन्टिनी नागरिक धेरै रहेका छन् ।
आइतबारसम्म ८ महिलासहित ४२ जनाले अनुमति लिएकोमा अर्जेन्टिनाबाट मात्र १० जनाले अनुमति लिएका छन् । कुल १६ वटा मुलुकका नागरिकले अनुमति लिइसकेका छन् ।
अर्जेन्टिनापछि दोस्रो स्थानमा अमेरिकी नागरिक रहेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । अमेरिकाबाट ७ जनाले अनुमति लिइसकेको छन् । जर्मनी र स्वीडेनबाट ३÷३ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । बेलायत, जापान, इटली, अष्ट्रेलिया, भारतबाट २र२ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
यो सिजनका लागि हिमलुङ हिमाल (७,१२६ मि.), माउन्ट मनास्लु (८,१६३ मि.) र सरिबुङ (६,३४६ मि.) हिमालका लागि आरोहण अनुमति जारी भएको छ । यी अनुमतिबाट ४४ लाख ६९ हजार ६९२ रुपैयाँ रोयल्टी संकलन भइसकेको छ ।