हुम्लामा जिप दुर्घटना हुँदा घाइते दुुई जनाको हेलिकोप्टरबाट उद्धार

जनता संवाददाता
२०७९ कार्तिक २३ गते, बुधबार

हुम्ला । नाम्खा गाउँपालिका–५ को यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटनामा घाइते भएका दुुवै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सिमकोटबाट यारीका लागि गएको बा।१८ च १४१७ नम्बरको बोलेर जिप बिहान करिब ११ बजे दुर्घटना भए पनि अहिले हेलिले घाइतेको उद्धार गरेको हो।

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार जिप दुर्घटनामा परी घाइतेको हेलिकोप्टरमा उद्धार गरिएको छ। घाइते हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका ३१ वर्षका जिग्मे तामाङ, चालक नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका २२ वर्षका कुन्जोक लामा छन्।
उनीहरू दुवै जनाको उद्धार गरिएको हो। अहिले अस्पतालमा उपचार सुुरु भएको छ। घाइतेमध्ये तामाङको टाउकोमा चोट लागेको छ। चालक लामा सामान्य घाइते छन्।

दुर्घटनामा मृत्युु हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका २८ वर्षका कुंगा तान्जेन लामा छन्। तामाङको घटनास्थलमै मृत्युु भएको हो। स्टेरिट फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको थियो।

घाइते भए पनि चालक लामाले प्रहरी चौकी यारीलाई घटनाबारे जानकारी गराएपछि ६ जना प्रहरी उद्धारका लागि घटनास्थल पुुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते, बुधबार


Scroll to Top

Janata Media