फुटपाथ व्यवसायीले गरे, काठमाडौं महानगरको कार्यालय घेराउ

जनता संवाददाता
२०७९ भाद्र ३० गते, बिहीबार

काठमाडौँ । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्।

कुनै विकल्प नदिई पूर्वसूचनाविना आफूहरूलाई हटाएर महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

 

प्रकाशित मिति : २०७९ भाद्र ३० गते, बिहीबार


Scroll to Top

Janata Media