काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वर्षको बाँकी रहेको समयमा सरकारले के नयाँ गर्दैछ भन्दै प्रश्न गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आर्थिक वर्षको बाँकी समयमा सरकारले के नयाँ काम गर्न लागेको छ भन्दै प्रश्न गरेका हुन् । त्यस्तै अहिले सरकारले अर्थतन्त्रको सुचकांकको अवस्था सकारात्मक रहेको भन्दै सरकारले गरेको दाबी नमिलेको समेत टिप्पणी गरे ।
‘नेपालको अर्थतन्त्रको सुचकांकको अवस्था सकारात्मक छ भन्ने सरकारको दलिल, सरकारको दाबी आंशिक मात्र सत्य छ । अथवा मिल्दैन भन्न पनि मिल्छ । विदेशी मुद्रा संचितिको क्षेत्र सबल देखिन्छ । किनभने विप्रेषणको रकम बढेको छ । आयात घटेको छ । के सरकारले गर्दा विप्रेशणको रकम घटेको हो रु यो बिचमा सरकारले त्यस्तो के गर्यो, त्यसको कारणले गर्दा विप्रेषण बढ् यो भनेर सरकारले भन्न सक्छ रु आन्तरिक उत्पादन बढेर त्यसले प्रतिस्थापन गरेर त्यसको आयात घटेको हो रु होइन बजार सिथिल भएर घटेको हो ।’ थापालेको प्रश्न थियो ।
त्यस्तै आर्थिक वर्षको ६० प्रतिशत समय सकिँदा ४० प्रतिशतको हाराहारीमा मात्र राजस्व उठेको र २१ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको बताए । जसको कारण बाँकी समयमा सरकारले के गर्दैछ भन्दै प्रश्न गरे ।
‘यो आर्थिक वर्षको ६० प्रतिशत समय सकिँदै गर्दा ४० प्रतिशतको हाराहारीमा मात्र राजस्व उठेको छ । बल्लबल्ल २० प्रतिशतको छेउछाउमा २१ प्रतिशतको हाराहारीमा पुुँजीगत खर्च भएको छ । यो आर्थिक वर्षको बाँकी रहेको समयमा अहिले गरेको भन्दा, यो गएको ५–७ महिनामा भन्दा फरक गर्दै हुनुहुन्छ रु जसको कारण अहिले नउठेको राजस्व उठ्छ र अहिले नभएको खर्च हुन्छ रु’ उनको प्रश्न रहेको थियो, ‘के नयाँ गर्दै हुनुहुन्छ रु र नियतमा बदलाव ल्याउँदै हुनुहुन्छ रु’
प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको अवस्था सकारात्मक अवस्थामा आइनसकेको स्वीकार गरेका छन् । साथै अर्थतन्त्र संकटबाट मुक्त भएको छ । उत्पादन, रोजगारी र खर्चबाट अर्थतन्त्रलाई लयमा फर्काउने काम हुन नसकेको र सरकार त्यसमा लागेको बताए ।







