अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

जनता संवाददाता
२०७९ आश्विन १ गते, शनिबार

काठमाडौं । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका(८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका(५ मा दुई जना र ढकारी गाउँपालिका(६ मा एक जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाक उद्धार गरिएको छ । बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।

 

प्रकाशित मिति : २०७९ आश्विन १ गते, शनिबार


Scroll to Top

Janata Media