यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता

जनता संवाददाता
२०८२ जेष्ठ ९ गते, शुक्रबार

मुगु । यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता भएका छन्। मुगूम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार लामा नदीमा लडेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी सरोज गिरीले भने, ‘लामा यार्सा सङ्कलनका लागि पाटन क्षेत्रतर्फ जाँदै गर्दा उहाँ लड्नुभएको हो भन्ने छ।’

लामा बुधबार (हिजो) बेलुका साढे ८:३० बजेतिर वडा नम्बर २ को मुगुखोला (मुगु कर्णाली) मा राखिएको काठेपुल तर्दै थिए। तर, उनी चिप्लिएर नदीमा खसे। लगत्तै प्रहरी र स्थानीय मिलेर खोजे तर, अहिलेसम्म भेटिएका छैनन्।

मुगूम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ पुटिक तामङका अनुसार गाउँपालिकाले आउँदो जेठ १३ गतेबाट मात्रै यार्सा सङ्कलन खुला गरेको छ। उनीहरू तोकिएको समयअगावै गएका हुन्।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते, शुक्रबार


Scroll to Top

Janata Media