काठमाडौं–धादिङ रुटका बस नचल्दा यात्रु अलपत्र

जनता संवाददाता
२०७९ आश्विन १३ गते, बिहीबार

काठमाडौं । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् । बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।

गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ । बस चलाउने विषयमा सरोकारवाला पक्षबीच अहिले वार्ता भइरहेको छ ।

 

प्रकाशित मिति : २०७९ आश्विन १३ गते, बिहीबार


Scroll to Top

Janata Media