हुम्लामा पहिरोले पुरिएर एकै घरका चारको मृत्यु, तीन घाइते

जनता संवाददाता
२०७९ आश्विन २३ गते, आईतवार

सिमकोट । पहिरोमा घर पुरिदांदा चंखेली गाउँपालिका ६ मासिधारमा एकै घरमा चार जनाको ज्यान गएको छ ।

एक सातादेखिको निरन्तरको वर्षातले माथिबाट आएको पहिरोमा परेर चंखेली गाउँपालिका वडा नम्बर ६ मासिधाराको जनबाडाका देउच्या विकको घर छोपिदा उनकी श्रप्मतीसहित एक छोरा र दुई छोरीको मृत्यु भएको स्थानीय हिराबहादुर शाहीले जानकारी दिए ।

अहिले साँझ सात बजे पहिरो गएको बताएका प्रत्याक्षदसी शाहीका अनुसार मृत्यु हुनेमा ६५ वर्षिय आमा होइजाली विक, ९ वर्षिय छोरी तुल्सी विक, ७ वर्षिय छोरी सुस्मीता विक र ५ वर्षिय छोरो वसन्त विक रहेका छन् ।

‘लगातार परेको पानीले घर माथिको ढिस्को गलेर आएको पहिरोले पुरै घर छोप्दा घरमा रहेका चार जनाको ज्यान गएको हो’, शाहीले भने, घरभित्रै रहेका विकसहित तीनजना परिवारका सदस्य गम्भीर घाइते भएका छन् ।

पहिरोले विकको घरमा पुरै क्षती पुगेको बताएका प्रत्यक्षदर्सी शाहीका अनुसार घाइते विकसहितका घाइतेको स्थानीय मैलछाम स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । पहिरो स्थल जिल्ला सदरमुकाम सिमकोट देखि २७ कोष टाढा रहेकाले क्षतीको पुरा विवरण आएको छैन् ।

पहिरोमा घर पुरिएपछि विक परिवारका लागि गाँसवास र आवासको ठूलो समस्या भएको छ । पहिरोमा परेर घाइते भएका विकका परिवारको थप उपचार गर्नै समस्या भएको बताएका शाहीका अनुसार उनको परिवारलाई अहिले देखि नैं कहाँ बसेर कसरी छाक टार्ने भन्ने समस्या भएपछि गाउँलेको सहयोगमा केही खाद्यन्न उठाइएको छ ।

पहिरोले गाउँका अन्य घरहरु पनि जोखिममा रहेका छन् ।

प्रकाशित मिति : २०७९ आश्विन २३ गते, आईतवार


Scroll to Top

Janata Media