नवौं राष्ट्रिय खेलकुद : दुर्गाले दिलाए कर्णालीलाई पहिलो स्वर्ण

जनता संवाददाता
२०७९ कार्तिक १ गते, मंगलवार

काठमाडौं । ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलाे हाे ।

बुढाले ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१.१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेण्डसहित कांस्य जिते ।

विजेता बनेपछि प्रतिक्रिया दिँदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने ।

भारतमा भएका प्रतियोगितासमेत खेलेका उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओसी ल्याएँ भने मैले नेपालका लागि पनि खेल्न पाउँछु ।’

 

प्रकाशित मिति : २०७९ कार्तिक १ गते, मंगलवार


Scroll to Top

Janata Media