हुम्लामा हेलिकप्टरमार्फत मतपत्र पुग्यो

जनता संवाददाता
२०७९ कार्तिक १९ गते, शनिबार

हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

मतदान केन्द्रमा आवश्यक पर्न ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खरिद गरिसकेको निर्वाचन अधिकारी रानाले बताए ।

२६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने उनले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते, शनिबार


Scroll to Top

Janata Media