काठमाडौँ । जनता मिडियाको अभियानलाई वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सहयोगसहित शुभकामना दिएका छन् । जनता मिडियाले सञ्चालन गरेको अभियानलाई मन्त्री शाही ठकुरीले आफूले समर्थन गर्ने र आवश्यक सहयोग समेत गरेका छन् ।
उनले शुभकामना सन्देश जारी गर्दै लेखेका छन्, “हामी वन विनास र अतिक्रमण विरुद्ध लड्छौं, त्यसै गरी समाजलाई कुरुप र खोक्रो बनाउनै प्रष्ट्राचार, बेथिति र ढिला सुस्ती विरुद्ध नहुनु पनि हामी सबैको साझा कर्तव्य हो । यही माझा कर्तव्यलाई जनता मिडियाले आफ्नी पत्रकारिताको मूलमन्त्र बनाउँदै आइरहेको छ।
काठमाडौं देखि कर्णालीको विकट भूभागसम्म पुगेर सत्यको उत्खनन खोज गर्नु आफैमा चुनौतीपुर्ण कार्य हो । सत्य समाचारको खोज अनुसन्धान तथा यसको प्रचार, प्रसार गरी समाजलाई मुशासनको मार्गमा डोर्याउनुका साथै आर्थिक र सामाजिक बेथितीहरुलाई न्युनीकरण गर्नको लागि सञ्चार माध्यमहरुको अहम भूमिका रही आएको तथ्यलाई कसैले पनि सामान्य ठान्नु हुदैन वास्तविक समचारको बोत र मालिक समेत नागरिक नै भएकोले यसको अपनत्व समेत नागरिकले नै लिनु पर्ने तथ्यलाई जनता मिडियाले अभियानको रुपमा सञ्चालन गरेको छ। यस अभियानलाई निरन्तरता दिनको लागि आफ्ना पाठक तथा शुभेच्छुकहरुसँग जुन स्वैच्छिक सहयोगको आग्रह गरेको छ, म त्यसलाई केवल सहयोगको अपिल मात्रै हान्दिनँ। जनता मिडियालाई सत्य समाचारको खोजमा उत्प्रेरित गराउने माध्यम समेत हो । सत्य, न्याय र सुशासनको पक्षमा हरेक नागरिकलाई उभ्याउनको लागि जनता मिडियाको अविरल यात्रामा नागरिकहरुको स्वैचिधक सहयोगले थप उर्जा र उत्साहमा वृद्धि गर्ने नै छ।
स्थापनाकाल देखि नै जनता मिडियाले सत्यको पक्षमा जुन निडरता र अविचलित अडान प्रस्तुत गरेको छ । त्यो आफैमा प्रशंसनीय छ । स्थानीय सरकारलाई जनताप्रति जवाफदेही बनाउन, विकासका सपनालाई ब्युझाउन र नागरिकलाई आफ्नो अधिकारप्रति सचेत गराउन यो अभियान, नेपाली मिडिया क्षेत्रमा वास्तवमै एउटा नौलो र अनुकरणीय अभ्यास हो।
तपाईंहरुको यो निष्ठापुर्ण अभियानले समाजमा सकारात्मक परिवर्तनको दीयो बलिरहोस् । सत्यको ज्योती कहिल्यै ननिभोस् । यस अभियानको पूर्ण सफलताको लागि म वन तथा वातावरण मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
अपिल: हाम्रो आवाज, तपाईंको साथ







