वडाहरुको सहकार्यमा प्रहरी प्रभाग काँडाघारीको सार्वजनिक सुनुवाई सम्पन्न

जनता संवाददाता
२०८० आश्विन २० गते, शनिबार

काठमाडौँ । प्रहरी प्रभाग काँडाघारी र कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७, ८ र ९ को संयुक्त आयोजनामा बृहत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का वडाध्यक्ष अनिल थापाको सभापतित्वमा र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमषेन थापा, वडा नं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनि, महानगरिय ट्राफिक प्रहरी बृत्त बानेश्वरका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकी, प्रहरी प्रभाव काँडाघारीका प्रहरी निरिक्षक श्याम कटुवाल, प्रहरी प्रभाव काँडाघारीका प्रहरी सहायक निरिक्षक अर्जून प्रसाद भुसाल, विभिन्न पार्टीका स्थानीय प्रतिनिधिहरु र स्थानीयको उपस्थिि रहेको थियो ।

कार्यक्रममा स्थानीयहरुले विशेष गरेर चाडवाडका बेला ट्राफिक प्रहरीहरुले सुरक्षाका लागि विशेष भुमिका खेल्नुपर्ने धारणा राखेका थिए । केहि वक्ताहरुले ट्राफिक प्रहरीले गरेको कामलाई खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुख उपेन्द्र कार्कीले ट्राफिक प्रहरीले एकदमै राम्रोसँग काम गरेको तर उनीहरुले काम गर्नका राज्यले सिमित स्रोत साधनको मात्रै व्यवस्था गरेको हुनाले आवश्यक सहयोग नगरपालिकाले पनि गर्ने प्रथिबद्धता जनाएका थिए ।

यस्तै वडा नं ७ का वडाध्यक्ष भिमषेन थापाले पनि ट्राफिक प्रहरीको काम एकदमै प्रशंसा योग्य काम भएको र स्थानीय सरकारको तर्फबाट आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका सभाध्यक्ष एवम् वडा नं ९ का वडाध्यक्ष अनिल थापाले कार्यक्रम समापन गर्दे ट्राफिक प्रहरीको कामलाई प्रशंसा गर्दै आगामि दिनमा पनि कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनले सुरक्षका सन्दर्भमा सरकार मात्रै नभएर स्वयम् नागरिक नै सचेत हुनु पर्ने बताए ।

प्रकाशित मिति : २०८० आश्विन २० गते, शनिबार


Scroll to Top

Janata Media