
काठमाडौँ । कुख्यात सिरियल किलरका चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । उनलाई शुक्रबार साँझ अध्यागमन विभागले फ्रान्स पठाएको हो ।
यसअघि सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर फ्रान्स पठाउन आदेश दिएको थियो । सोहीअनुसार उनलाई आज साँझ फ्रान्स डिपोर्ट गरिएको हो ।
उनलाई कतार एयरवेजको जहाजमा फ्रान्स पठाइएको अध्यागमनका अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई १० वर्ष नेपाल आउन प्रतिबन्ध लगाइएको छ । १९ वर्ष नेपाली जेलमा रहेका शाेभराजले फ्रान्स पुगेर क्रिसमस मनाउने बताएका छन् ।
नेपाललगायत विभिन्न मुलुकमा शाेभराजले २० जनाकाे हत्या गरेका थिए । भारतलगायतका जेलबाट फरार हुन सफल भएका उनी नेपालमा सन् २००३ मा ठमेलबाट पक्राउ परेका थिए । त्यसपछि उनीमाथि नेपालमा २ जना विदेशी पर्यटककाे हत्या गरेकाे आरोपमा मुद्दा चलाइएकाे थियाे । सन् २०१२ सर्वाेच्च अदालतले दाेषी ठहर गर्दै जन्मकैदकाे सजाय सुनाएकाे थियाे ।
शाेभराज भारतीय मुलकी आमा र भियतनामी बाबुबाट जन्मिकएका हुन् । उनकी आमाले पछि फ्रान्सेली नागरिकसँग बिहे गरेकी थिइन् । त्यसपछि उनी फ्रान्सेली नागरिक भएका थिए ।