काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ आज सेनाको सुरक्षाबाट बाहिरिएको जानकारी दिए ।
उहाँका अनुसार अध्यक्ष ओली भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुगेका छन् ।
भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचना जलाएका थिए।
निवर्तमान प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।







