उनले आयोजनाका गतिविधि व्यवस्थित रुपमा अगाडि बढाउनका लागि छुट्टै युनिट स्थापना गर्नुपरेको बताए। आयोजनाको युनिट गाउँपालिका अध्यक्ष विजय भण्डारीले उद्घाटन गरेर स्थापना गरेका थिए।
गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामको उपस्थिति रहेको कार्यक्रम अध्यक्ष भण्डारीले खानेपानी सरसफाइ क्षेत्रमा महत्वपूर्ण प्रगति हुने विश्वास व्यक्त गरे।
आयोजनाले सिमकोट गाउँपालिकाका आठ वटै वडामा खानेपानीका योजना निर्माण गर्ने र सरसफाइ क्षेत्रमा सार्वजनिक संस्थाका शौचालय निर्माण गरिने उनले बताए। यस वर्ष आयोजनाले पाँच वटा खानेपानी योजना र तीन वटा शौचालय निर्माण गर्ने तयारी छ। यसका लागि फिनल्याण्ड सररकार र युरोपियन युनियनको आर्थिक सहयोग रहेको छ।