साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलः नेपाल र भारत भिड्दै

जनता संवाददाता
२०७९ चैत्र ६ गते, सोमबार

काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि यू-१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ ।

आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ ।

च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते, सोमबार


Scroll to Top

Janata Media