प्रधानमन्त्री दाहालले प्राप्त गरे विश्वासको मत, पक्षमा खस्यो २६८ मत

जनता संवाददाता
२०७९ पुष २६ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार मंगलबारको प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन। प्रधानमन्त्री दाहालले २६८ मत प्राप्त गरेका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल भए।

प्रधानमन्त्रीको पक्षमा २६८ र विपक्षमा २ मत खसेको थियो भने मत दिन्न भन्नेमा शून्य मत थियो। आम निर्वाचन–२०७९ सहभागी भएर जित हासिल गरेर प्रतिनिधिसभामा आएका १३ राजनीतिक दलहरुमध्ये राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेकका सबै दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन्।

नेपाली काँग्रैसका निलम्बित सांसद टेकबहादुर गुरुङले भने मत दिन पाएनन्। प्रतिनिधिसभाको सिट संख्याको ५० प्रतिशत सांसदले पत्ताएका व्यक्ति मात्र प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ। २७५ सिटमध्ये कम्तीमा १३८ जना सांसदको मत प्राप्त भयो भने मात्र विश्वासको मत प्राप्त भएको मानिन्छ। विश्वासको मतलाई आधार मान्ने हो भने हाललाई सरकारमा प्रतिपक्ष दलमा जनमोर्चा र नेमकिपा मात्र देखिएका छन्।

प्रकाशित मिति : २०७९ पुष २६ गते, मंगलवार


Scroll to Top

Janata Media