
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई केही पनि दिने सहमति नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएको थियो । विश्वासको मत लिएर बाहिरिँदै गर्दा प्रतिनिधिसभा भवनमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । सोही अनुसार आज कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो ।