
काठमाडौँ । बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहविरुद्धको मुद्दामाथि आज तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । बारम्बार पेसी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको हो ।
शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
तनहुँ अदालतबाट आज शाहलाई सफाइ दिने वा कैद सजाय तोक्ने फैसला हुने अनुमान गरिएको छ ।