सल्यान । सल्यानको शारदा नगरपालिकाले नि:शुल्क स्काभेटर अपरेटर सम्बन्धि तालिम दिने भएको छ । स्काभेटर सिकेर आत्मानिर्भर बन्ने ईच्छुक युवायुवतीलाई निशुल्क स्काभेटर अपरेटर सम्बन्धि तालिम दिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै १६ बर्ष पुरा भै ४५ बर्ष सम्म उमेर पुगेका ४ जना पुरुष र २ जना महिलालाई स्काभेटर अपरेटर सम्बन्धि तालिम दिने जनाएको हो ।
आर्थिक रुपमा कमजोर भएका युवायुवतीलाई आत्मानिर्भर बनाउनको लागि स्काभेटर तालिमको आयोजना गरिएको नगरप्रमुख प्रकाश भण्डारीले बताए । उनका अनुसार यसमा राम्रो आम्दानीको स्रोत भएकाले नगरभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले स्काभेटर सम्बन्धि तालिम दिने बताए । यस्तै महिलाहरुलाई पनि आत्मानिर्भर सँग सँगै सशक्तीकरण गराउनको लागि यो अवसर दिएको बताए ।
तालिममा स्काभेटर मात्र नभएर डोजर, लोडर, रोलर पनि सिकाईने बताए । अहिले डोजर चालक पाईन छोडेकाले नगरपालिकाले तालिम दिएर रोजगार समेत दिने नगरप्रमुख भण्डारीले बताए ।