भूकम्पको केन्द्रबिन्दु बाजुराको बिच्छयाँ सम्पर्कविहिन

जनता संवाददाता
२०७९ माघ ११ गते, बुधबार

बाजुरा । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी सूर्यबहादुर थापाले बताएका छन् ।

भुकम्पका कारण गौमुल गाउँपालिका २ कि ३२ बर्षीय जमुना रोकायाको मृत्यु भएको थियो । दर्जनौ घर भत्काएको छ विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छयाँको बारेमा भने सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

बिच्छयाँ प्रहरी चौकीमा सम्पर्क हुन नसक्दा त्यहाँ के कति क्षति भयो कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ ११ गते, बुधबार


Scroll to Top

Janata Media