काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
पार्टी कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृह मन्त्रालय नदिनेका साथै सभापति रवि लामिछानेलाई मन्त्री पनि नबनाउने संकेत गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।