मेनुका पौडेलले गाएको भारतीय फिल्म ‘सलार’को मर्मस्पर्शी गीत सार्वजनिक

जनता संवाददाता
२०८० मंसिर २८ गते, बिहीबार

काठमाडौँ । चर्चित रियालिटि शो इन्डीयन आइडलबाट विश्वभर चर्चा बटुल्न सफल नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक भएको छ ।

निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के। बोलको हिन्दी गीत रिलिज गरेको हो । पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् ।

लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति : २०८० मंसिर २८ गते, बिहीबार


Scroll to Top

Janata Media