शाखा अधिकृतको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित

जनता संवाददाता
२०७९ माघ २३ गते, सोमबार

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित भएको छ ।

शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र द्वीतीय चरणकाे आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सर्वोच्चले अदालतको माघ २० गतेकाे जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगका सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

सूचना हेर्नुहोस्:

प्रकाशित मिति : २०७९ माघ २३ गते, सोमबार


Scroll to Top

Janata Media