लाखौँ खर्चेर फलफुलका बिरुवा आयात हुँदा बाजुराका नर्सरी व्यवसाय मारमा

जनता संवाददाता
२०७९ माघ २४ गते, मंगलवार

सर्मिला रोकाया, बाजुरा । बाजुराका फलफुल नर्सरी सञ्चालकले आफुले उत्पादन गरेको बिरुवा विक्री वितरणमा कुनै निकायले सहजिकरण नगरेको गुनासो गरेका छन । स्थानीय स्तरमै गुणस्तरीय फलफुलका बिरुवा उत्पादन हुने गरे पनि विक्री वितरणका लागि सहजीकरण नगरी दिएको उनीहरुको गुनासो छ ।

बाजुरामा स्याउ ओखर जोन, स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायत अन्य निकायले विना सहकार्यमा जिल्ला बाहिरबाट फलफुलका बिरुवा माग गरेर अनुदानमा दिने गरे पछि स्थानिय स्तरमा उत्पादित बिरुवा खपत हुन नसकेको नर्सरी सञ्चालकको गुनासो छ । विना अनुदानमा आफ्नै लगानि र मेहनेतले उत्पादन भएका विभिन्न जातका विरुवा खपाउन सकस भएको नर्सरी सञ्चालक अनिल शाहीले गुनासो गरे । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तीन रिब्डामा हिमालयन फलफुल नर्सरी सञ्चालन गरिरहनुभएका शाहीले आफु सँग १ हजार कलमी दाँते ओखर, १ हजार स्याउ, १ हजार ५ सय बढी खुर्पानी र आरु लगायतका विभिन्न जातका बिरुवा रहेका बताए ।

स्थानिय तह देखि विभिन्न निकायले लाखौँको अनुदान खर्चेर फलफुलका विरुवा आयात गरी कृर्षकलाई वितरण गर्ने गरे पछि बाजुराका नर्सरी सुक्न थालेका शाहीले बताए । कमिसनको चक्करमा महंगो मुल्यमा जिल्ला बाहिरबाट विरुवा आयात गर्ने गरेका स्थानिय तहले स्थानिय स्तरमा उत्पादित बिरुवा खपाउन नसक्दा नर्सरी ब्यवसाय मारमा परेका उनको बनाई छ । गाउँमा कुनै रोजगारीको अवसर नपाउदा विगत ४ वर्ष देखि कृर्षी पेशामा लाग्दै आए पनि विरुवा विक्रि वितरण नभए पछि उल्टै समस्या थपिएको शाहीको भनाई छ ।

कृर्षि पेशा आम्दानिको स्रोत मानेर नर्सरी ब्यवसाय अगाँल्नु भएका शाही पछिल्लो समय नर्सरीमा उत्पादित बिरुवा विक्री वितरण नभएको प्रति चिन्तीन हुनुहुन्छ । नर्सरीमा गुणस्तरी फलफुलका बिरुवा उत्पादन हुदै आए पनि स्याउ ओखर जोन, स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायत अन्य निकायले बजारीकरणमा कुनै सहयोग नगरको शाहीले बताए । त्यस्तै कमल फलफुल नर्सरीमा उत्पादित दश हजार वढि फलफुलका विरुवा विक्री वितरणमा सहकार्य नहुदा सुक्दै जान थालेका बताए ।

स्वामीकार्तिक खापर गाउँपालिकाले मात्रै हिउदे र वर्खा गरी दुई सिजनको बिरुवा खरीदमा ६ वर्षको अन्तरमा ५३ लाख खर्चेको छ । कृर्षि शाखा स्वामीकार्तिकले दिएको जानकारी अनुसार पहिलो वर्ष ६ लाख, दोश्रो वर्ष १३ लाख, तेश्रो वर्ष १४ लाख, चौथो ५ लाख, पाचौँ वर्ष ५ र छैटोँ वर्ष १० लाख खर्चेको छ । यसरी वर्षेनि एक स्थानिय तहबाट लाखौँ रुपैया जिल्ला बाहीरीय पनि स्थानिय स्तरका बिरुवाले बजार पाएका छैन । स्याउ ओखर जोन पिलुचौरका प्रमुख पवन कुमार तिवारीले आवश्यक प्रक्रिया नपुग्दा सहकार्य गर्न नसकिएको बताएका छन् ।

उनले फलफुल विकास केन्द्र काठ्माण्डौं र प्रदेश सरकारमा नर्सरी दर्ता नहुँदा सम्म सहकार्य गर्न नसकिने बताएका हुन् । कृषकले नर्सरी दर्ता प्रक्रिया पुर्याएको खण्डमा आफुहरुले अन्य जिल्लाबाट नल्याइ सहजै रुपमा बजारीकरणमा सहकार्य गर्ने बताएका छन् । तर हिमालयन फलफुल नर्सरीका सञ्चालक शाहीले दर्ता गरीसकेका नर्सरी दर्ता छैनन भन्नु गलत भएको बताएका छन् ।

प्रकाशित मिति : २०७९ माघ २४ गते, मंगलवार


Scroll to Top

Janata Media