हाम्रो महाधिवेशनले रवीन्द्र मिश्रलाई ठूलो झापड हानेको छ – समीक्षा बास्कोटा

जनता संवाददाता
२०७९ माघ २७ गते, शुक्रबार

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झपड भएको बताएकी छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टक्टक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताइन् ।

विवेकशील साझाले स्थानीय चुनावमा नराम्रो हार व्यहारेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए । झण्डै तीन महिना नेतृत्वबिहीन भएको विवेकशील साझामा बास्कोटा अध्यक्ष बनिन् ।

त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको उनले सुनाइन् । ‘पार्टी नै सकाएर राप्रपा करण गर्न खोजिएको थियो’, उनले भनिन्, ‘२ लाख १२ हजार मतलाई झरेर तल भयौं होला, तर पार्टी जोगायौं ।’

प्रतिबद्धताअनुसार ६ महिनाभित्र महाधिवेशन गर्न पनि सफल भएको भन्दै उनले यो पूर्वअध्यक्ष मिश्रका लागि ठूलो झापड भएको बताइन् । ‘हारिसकेको मान्छेलाई किन हराउने ? काम गरेर देखाउँ, यो नै उहाँका लागि झापड हुन्छ,’ अध्यक्ष बास्कोटाले भनिन् ।

प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार


Scroll to Top

Janata Media