कृषि विकास बैंकको सिइओमा गोविन्द गुरूङ नियुक्त

जनता संवाददाता
२०७९ फाल्गुन ७ गते, आईतवार

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरूङ नियुक्त भएका छन्।

शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले छनौटमा परेमा अन्तिम पाँच नाममध्ये गुरूङलाई नियुक्ती दिने निर्णय गरेको हो।

अब कृषि विकास बैंकको सिइओको रुपमा गुरूङको कार्यकाल चार वर्षको हुनेछ।

२७ वर्ष बैंकिङ क्षेत्रमा बिताएका गुरूङले यसअघि म्यानमारको सिटिजन्स बैंकमा समेत सिइओ रुपमा काम गरेका छन्।
त्यसभन्दा अघि उनी नेपालकै सिभिल बैंकमा समेत सिइओको रुपमा रहिसकेका छन्।

लमजुङमा जन्मिएका गुरूङले नेपाल कमर्श क्याम्पसबाट प्रथम श्रेणीमा एमबिए गरेका छन्।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते, आईतवार


Scroll to Top

Janata Media