कर्णाली प्रदेश समाज कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न, संयोजकमा केशव कार्की

जनता संवाददाता
२०७९ फाल्गुन ८ गते, सोमबार

कान्साई । कर्णाली प्रदेश समाज कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपालको कर्णाली प्रदेश घर भई हाल जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीको साझा संस्था कर्णाली प्रदेश समाज कान्साई क्षेत्रीय समितिले दोस्रो अधिवेशन मार्फत नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनले संयोजकमा केशव कार्कीलाई सर्वसम्मत रुपमा चयन गरेको हो। उप–संयोजकमा प्रमोद रेग्मी, राम ढकाल ,रवीन्द्र शाही, सचिवमा हरि खड्का, सह–सचिवमा दिपेन्द्र अधिकारी र राजेन्द्र सञ्ज्याल चयन भएका छन्।

नयाँ कार्यसमिति सदस्यमा सुमन सिंह, शेर बहादुर बडुवाल, दिनेश पुन मगर, खिम न्यौपाने, गृष्मा शाही, वसन्त अधिका र सुनिता खड्का चयन भएका छन् ।

कार्यक्रममा सभापतिको भूमिका पारस सिंहले गरेका थिए । एनआरएनए जापानका उपाध्यक्ष महेश कटुवाल को प्रमुख आतिथ्यता र अतिथिमा एनआरएनए जापानका निवर्तमान सल्लाहकार तथा एनआरएन कान्साई पुर्व संयोजक नरेन्द्र बस्नेत (दिनेश) र एनआरएनए जापान कान्साई संयोजक नर बहादुर थापा र कर्णाली प्रदेश समाज जापानको महासचिव इन्द्रजीत अधिकारी उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते, सोमबार


Scroll to Top

Janata Media