कर्णाली । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने गरी मंगलबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक दलहरूबीच सहमति जुट्न नसक्दा विश्वासको मत लिनबाट पछि हटेका छन् ।
मुख्यमन्त्री शर्माले सभामा आउन नसक्ने पत्र पठाएपछि बैठक स्थगित भएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्न भने पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान राखेका थिए।
यसअघि नै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराइसकेका थिए। यसबीचमा दुई पटक माओवादी–एमाले नेताहरुबीच वार्ता भए पनि कुरा मिल्न सकेको छैन।







