हङकङसँग पराजित भएसँगै नेपाल सिरिजबाट बाहिरियो

जनता संवाददाता
२०८० मंसिर १ गते, शुक्रबार

काठमाडौं । महिला टी-ट्वान्टी चारदेशीय सिरिजमा नेपाल घरेलु टोली हङकङसँग पराजित भएको छ । बिहीबार आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको हार ब्यहोरेको हो ।

नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ ।

नेपालले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाएको थियो ।

 

प्रकाशित मिति : २०८० मंसिर १ गते, शुक्रबार


Scroll to Top

Janata Media