कसैले चाहेर राजतन्त्र फर्किदैन : शेरबहादुर देउवा

जनता संवाददाता
२०८० मंसिर ११ गते, सोमबार

काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताए । देशमा अब राजतन्त्र नफर्किने उनको भनाइ छ ।

“गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन” सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताए । उनले भने, “संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनु पर्छ ।”

त्यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले देशमा भइरहेको राजनीतिक तरलतालाई समाधान गर्न नेपाली काङ्ग्रेस लाग्नुपर्ने बताए । आफु सत्तामा हुँदा वा नहुँदा देश विकास गर्न सधै अगाडि बढ्नुपर्नै उनको भनाइ छ । उनले गण्डकी प्रदेशको विकासका लागि त्रिवेणी नाका खुलाइ आर्थिक गतिविधिमा चलायमान गराउने बताए । दुम्कीबासदेखि त्रिवणी नाकासम्म जाने बाटो आफ्नो कार्यकालमा खोल्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८० मंसिर ११ गते, सोमबार


Scroll to Top

Janata Media