
युवराज भण्डारी, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको बाह्रौ हिउँदे गाउँसभा भएको छ । पालिकाको सभाहलमा सञ्चालित उक्त हिउँदे गाँउसभाले ३ करोड ६ लाख विनीयोजन गरेको छ । जसमा सेरा देखि कालागाड सडक निर्माणका लागी ४० लाख विनियोजन भएको छ भने बुका खोला देखि काटेखौला सम्म सडक निर्माणमा ३० लाख विनियोजित भएको छ ।
यसैगरी आम्ली खोला देखि रिल्म सम्म सडक निर्माणमा २५ लाख विनियोजन हुदा श्रीनगर बृहत खानेपानीमा ट्याँकी निर्माण एक, दुई, तीन वडाका लागी १५ लाख र सोही खानेपानीकै मुहान च्याम्वर निर्माण तथा पाईप परिवर्तनमा २० लाख विनियोजीत भएको छ । यस्तै कालागाड पाल्स सडक निर्माण २० लाख विनियोजन हुँदाउक्त गाउँसभाले तिउनेली भिड कल्खे सडक निर्माणमा २५ लाख विनियोजन गरेको छ ।
वडा नं चार, पाँच र छ मा म्याचिङ फण्डका लागी १९ लाख, कल्खे फिल्ड निर्माण आयोजना ५ लाख, वडा न २ को वडा कार्यलय भवन मर्मत १० लाख, वडा न ३ कार्यलयको फिल्ड निर्माण १५ लाख,वडा न ४ को अनारखेत सिचाई ५ लाख,वडा न ५ को ओखर पकेट कार्यक्रम १० लाख,मोवाईल टावर निर्माण तथा ढुवानी च्याम १० लाख,छहरा खेत लघु जलविद्युत आयोजना मर्मत ६ लाख, पुजिगत कार्यक्रम खर्च २३ लाख,पुजिगत कार्यक्रम खर्च वडा न छ १० लाख हिउँदे गाउँसभामा प्रस्तुत भएको छ ।
चालु भैपरी खर्च रहेको अबण्डा रकम कर्मचारी तलव भत्ता तथा अन्य अपुग खर्च शिर्षकमा १ करोड विनियोजन भएको छ । भैपरी पुजिगत कार्यक्रममा ५ करोड ८९ लाख १२ हजार ५सय ४५ रकम रहेको उपाअध्यक्ष कर्ण रोकायाले बताए । बाँकी विनियोजीत योजना कार्यक्रममा २ करोड ८३ लाख १२ हजार ५सय ४५ विनियोजन भएको छ ।
गाउँसभामा पेस हुने प्रस्ताव प्रस्तुत हुनु पुर्व उपाअध्यक्षले पुर्खाको उखान जस्तै ढिलै होस् छोरै होस् भन्ने हेतुले पारिवारीक खटपटले ढिलाई भएको बताउनु भयो । पहिलेको भन्दा केही फरक हुनु पर्छ भन्ने उदेश्यका साथ खडवड नभएर सपटले मात्र राम्रो नहुने हुदा एकता र जवाफदेहिताको खोजिमा रहेको उपाध्यक्ष रोकायाको भनाई छ ।
अदानचुलि गाउँपालिकाको हिउँदे गाउँसभामा निम्न ऐन र कार्यविधिहरु पारित
माथिको ऐन र कार्यविधीको बारे नितीगत रुपमा प्रस्ट पार्दै निमित प्रमुख प्रसासकिय अधिकृत मेघनाथ शाहीले आउँदो वर्षको बजेटमा लागु हुने गरी तयारीमा लाग्ने बताए । ऐन र कार्यविधीको प्रस्ताव पेस गर्ने वडा न ५का वडा अध्यक्ष कमल बहादुर छत्याल,वडा न ४का वडा अध्यक्ष मनऋषी पाण्डे, वडा न २ का वडा अध्यक्ष नन्द महतारा, वडा न ३ का वडा अध्यक्ष डिल बहादुर फडेरा र वडा न ६ का वडा अध्यक्ष,बृख बहादुर बुढाले संयोजकत्वको भुमिका निर्वाह गर्ने छन भने । कर्मचारीहरुले कानुनी सल्लाहकारको भुमिका निर्वाह रहने निमित प्रमुख प्रशासकिय अधिकृत शाहीको भनाई छ ।
हिउँदे गाउसभाको रकम शिक्षा र स्वास्थ्यमा विनीयोजीत नभएको भन्दै केही गाउँसभाका सदस्यले टिपर्णी गरे । सडक र वडालाई प्राथमीकतामा राखेको तर शिक्षा र स्वास्थ्यलाई बजेटमा अटाउन नसकेको गाउसभा सदस्य सिह बोहोराले बताए । धारण व्यतmगर्ने क्रममा सवारी चालकको चरम लापरवाई रहेकोले तत्काल लाईसेन्स खोजीनु पर्ने र समय गुज्रेका सामानहरु विक्रि विरण भएको हुन सक्ने भन्दै बजार अनुगमन आवश्यक रहेको गाउसभा सदस्य नरदिप शाहीले बताए ।
गाउँसभा सदस्य गोर पुन ,राजेन्द्र बुढा, सिह रोकाया र मकविर छत्यालले पनि आप्नो भनाई व्यक्त गरे । समयमै सामाजिक सुरक्षा भत्ता वितरण हुन नसक्नु,सडक तलमाथि उत्खनन गरेर जोखिम बनाएको गाउँसभा सदस्यको भनाई रहेको थियो । गाउँसभा सदस्यको धारणमा गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले जवाफ दिनु भएको छ । गाउँसभा सदस्यको भनाई जाहेज रहेकोमा सर्मथन जनाउदै सबैको साथ रहे अराजक कार्यको न्युनिकरण गर्न सकिने दावि गरे । अध्यक्ष सिंहले भने राष्ट्र आर्थिक मन्दीमा रहदा २० प्रतिशत बजेट घटेर आएको छ ।
सोही कारण चाहाँदा चाहाँदै पनि शिक्षा,स्वास्थ्य,रोजगार,सिपमुलक तालिम लगायतका धेरै शिर्षक नसमेटीनुमा सरकारको प्रमुखको हैसियतले क्षमा मागे । आउदो वर्षको बजेटमा छुटेका शिर्षक प्राथमिकतामा राख्ने अध्यक्ष सिंहले प्रतिवद्धता व्यक्त गरेका छन् ।