चितवनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जनता संवाददाता
२०८० जेष्ठ २ गते, मंगलवार

काठमाडौँ । चितवनको खैरहनीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी ४ कएरखोला बाट ग्राभेल बोकेर गुडेको ना ६ त १०७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

च्यापिएर गम्भीर घाइते भएका खैरहनी २ घर भएका २० वर्षीय चालक दीपक परियारको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

त्यस्तै, ट्रकमा एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालकसहित चार जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्डको भरतपुर १ रामनगरमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा बिरामी बोकेर भरतपुरतर्फ आउँदै गरेको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स ठोक्किँदा चार जना घाइते भएका थिए।

दुर्घटनामा एम्बुलेन्स चालक गोरखा वारपाक सुलिकोट गाउँपालिका ६ का ५४ वर्षीय एकबहादुर सुनार, गोरखा नगरपालिका ६ का ३५ वर्षीय सुदिप गौतम, उनकी श्रीमती २८ वर्षीया श्रृजना गौतम र सोही स्थानका मीना कोइराला घाइते भएका थिए।

घाइतेमध्ये चालक सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार एम्बुलेन्स श्रृजना गौतमलाई डेलिभरीको लागि गोरखाबाट भरतपुरतर्फ आउँदै थियो। सबै घाइतेको उपचार भरतपुरस्थित चितवन मेडिकल कलेजमा भइरहेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते, मंगलवार


Scroll to Top

Janata Media