
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी नै रहेको बताएका छन्।
शनिबार प्रतिनिधि सभा सदस्यको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा एक हदसम्म आफूले पनि यसलाई कर्मकाण्डी देखेको बताएका हुन्।
‘म जो माननीय सदस्यहरूले यसलाई कर्मकाण्डी देख्नुभएको छ। म एक हदसम्म भन्ठान्छु यो एक यो कर्मकाण्डी पनि छ,’ उनले भने।
यस्तै पुरानै खालको कार्यक्रम समावेश गरेर यसलाई कर्मकाण्डी भनिएको भए तत्कालीन समयका पार्टी र नेताहरूले यसलाई ठीक भन्नुपर्ने उनले बताए।
‘कयौं आधारभूत कुराहरू पोहोर सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो। कयौं आधारभूत कुराहरू परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै थियो। त्यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ बिल्कुल ठीक आयो ।