हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको ‘फोर जी’ सेवा प्रभावकारी रुपमा सञ्चालनमा आइरहेको छ । गत फागुनबाट सञ्चालनमा आएको नेपाल टेलिकमको फोर जी सेवा प्रभावकारी रुपमा सञ्चालनमा आएको हो ।
गाउँपालिकाका ६ ओटै वडामा पूर्ण रुपमा काम गरेको स्थानीयहरुले बताएका छन् । स्थानीयहरु ‘फोर जी’ सेवा प्रभावकारी रुपमा सञ्चालनमा आएसँगै खुसी व्यक्त गरेका छन् । पहिले डकुमेन्ट पठाउन, पाउन, देश विदेशका खबर थाहा पाउन, रकम पठाउन, पाउन अर्थात् डिजिटल थुप्रै काम घरमै बसेर मोबाइलकै प्रयोगमा प्रभावकारी रुपमा लिने गरेको बताएका छन् ।
गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले आफू अहिले अनुगमनको क्रममा वडा नं ५ काँखेमा रहेको र फोर जीले राम्रो काम गरेको बताएका छन् । “म अहिले अनुगमनकै क्रममा प्रत्येक वडाहरुमा पुग्ने प्रयास गरिरहेको छु । पुगेका सबै वडाहरुमा फोर जी राम्रैसँग काम गरेको पाँए । स्थानीहरु पनि एकदमै खुसी व्यक्त गरिरहेको मैँले पाएको छु । यो सेवालाई अझै प्रभावकारी बनाउन लागिरहेको छु ।” जनता मिडियासँग उनले भने ।
यो सँगै हुम्लाको अदानचुली सूचनाको प्रभावकारी माध्यम सामाजिक सञ्जालमा जोडिएको छ । पाठकहरुको जानकारीका लागि यो समाचार सम्बन्धित स्थान अदानचुली वडा नं १ बाट नेपाल टेलिकमको ‘फोर जी’ मार्फत नै गरिएको हो ।
यो पनि पढ्नुहोस्ः
हुम्लाको अदानचुलीमा नेपाल टेलिकमको फोरजी चल्यो







