साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

जनता संवाददाता
२०८२ जेष्ठ २२ गते, बिहीबार

काठमाडौँ । साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ।

आज तीन सय ११ कम्पनीको एक करोड ७१ लाख आठ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिदबिक्री हुँदा सात अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ दशमलव ४६ को कारोबार भएको नेप्सेले जनाएको छ।

अघिल्लो दिन रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ बराबरको कारोबार भएकामा आज कारोबार रकम भने बढेको हो।

आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ। एक सय ९३ कम्पनीको शेयर मूल्य घट्दा एउटा कम्पनी स्थिर छ। रिर्भस फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा बढी ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते, बिहीबार


Scroll to Top

Janata Media