ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन अस्थिर बन्यो : घनश्याम भुषाल

जनता संवाददाता
२०८० श्रावण २७ गते, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले मुलुक नयाँ बाटोमा जाँदै गर्दा केपी शर्मा ओलीको हस्तक्षेपले अस्थिर भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषाङ्क विमोचन कार्यक्रममा महासचिव भुषालले ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन सबै अस्थिर भएको बताए ।

उनले भने ‘ हामी नयाँ बाटो तर्फ जादैँ गर्दा, त्यो बाटोमा ओलीले हस्तक्षेप गरेपछि हाम्रो मुलुकको राष्ट्रिय राजनीति, वाम आन्दोलन सबै अस्थिर भएको छ । त्यसले गर्दा ५ वर्ष गुमाएका छौ त्यो मुलुक र युवाहरुले गुमाएको समय हो । ’

महासचिव भुषालले देशको मुख्य समस्या बेरोजगारी भएको र देशको मुख्य आवश्यकता रोजगारी भएको पनि बताए ।

उनले भने ‘ कुनै देशमा उत्पादन बढेको छैन् भने त्यहाँ युवाहरुमा रोजगारी छैन्, मुलुक बन्दै गर्दा पनि त्यहाँ युवाहरु हुन्छ, विग्रिदैँ गर्दा पनि युवाहरु हुन्छ । यस अर्थमा देशको मुख्य आवश्यकता र समस्या के हो भने बेरोजगारी समस्या रोजगारी यसको आवश्यकता हो । हामीले राजनीतिक खुट्टा टेकेर उठ्न सकेनौ भने यो मुलुकमा रोजागरीको व्यवस्था हुदैँन् । ’

अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लानु पर्ने बताउँदै महासचिव भुषालले ८ महिना भित्रमा नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे । उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकिर पनि गरे ।

उनले भने ‘ नेकपा एमाले हरेक पक्षको लडाईमा ओलीसँग हारिरहेको छ । अहिले ओलीले एमालेको कपाल समाएर संसदमा हल्लाई रहेका छन् । ओलीले गरेको काम मुलुकको राजनीतिका लागि राम्रो होईन । ’

एमाले बालकोटको गेटपाले मात्रै भएको चर्चा गर्दै उनले त्यो हुनु राम्रो नभएको बताए । ओलीको पकडबाट नछुटेसम्म एमालेले मुलुकको लागि एजेण्डा लिएर मुलुकको लागि केही गर्छ भन्ने नसोचे पनि हुने उनको दावी छ ।

एमालेको निधारमा हार्नु मात्रै लेखेको उल्लेख गर्दै महासचिव भुषालले भने ‘ आज एकजनाको विरोध अर्कोले गर्ने सामाजिक सञ्जालमा मन परि लेख्ने भविष्यको बारेका सोच्ने छैन् । विरोध गर्दै हिडेको छ । भत्र्सनाको राजनीति गरेको छ यसले मुलुकलाई अगाडि बढाउँदैन् । ’

 

प्रकाशित मिति : २०८० श्रावण २७ गते, शनिबार


Scroll to Top

Janata Media