दिपक बुढा, काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ को कार्यालयमा माओवादीको कार्यक्रम भएको छ । वडाध्यक्ष भारमल बुढाकै अनुमतिमा उक्त कार्यक्रम भएको हो ।
नेकपा माओवादी केन्द्रले देशैभर आजबाट सुरु गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत कार्यक्रम वडा कार्यालयमा गरेको हो । कार्यक्रमको प्रमुख अतिथिमा कर्णाली प्रदेश कमिटि सदस्य मान बहादुर थापा र अध्यक्षमा वडा कमिटी अध्यक्ष असौजे कामी थिए ।
वडाध्यक्ष भारमल बुढाले कार्यक्रम गर्नका लागि आफूले नै अनुमति दिएको बताए । ‘आज शनिबार थियो त्यसकारण पनि उनीहरुले कार्यक्रम गर्न अनुरोध गरिसकेपछि मैँले अनुमति दिएको हुँ ।’ जनता मिडियासँग उनले भने ।
उक्त कार्यक्रममा खरिदार मान बहादुर ऎडि, राजस्व शाखाका कर्मचारी उज्वल ऎडि, गाउँपालिका इन्जिनियर कुशल चौलागाईं र कार्यपालिका सदस्य बिर्ष कामी समेत पनि सहभागी थिए ।
यसरी कुनै पनि पार्टीको कार्यक्रम खुल्लामखुल्ला सरकारी कार्यलयमा गर्नु कत्तिको जाहेज हो? कत्ति सम्मको लापरबाही हो ? यो बुझ्न जरुरी छ ।
भिडियो हेर्नुहोस्:







