सङ्घीयतालाई सफल बनाउने काम हाम्रो हो: महामन्त्री गगन थापा

जनता संवाददाता
२०८० आश्विन ८ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता कार्यान्वयनमा जिम्मेवार बन्न आग्रह गरेका छन् ।

बिपी स्मृति भवन स्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै उनले संघीयता प्रणाली सुधार गर्नुपर्ने विषयमा जोड दिए ।

उनले भने, “सङ्घीयता सुधार गर्नु ठीक हो तर यो अरु कसैले बोकाइदिएको भारी हो । हामीले बोक्दिनु मात्रै पर्छ भन्ने । कांग्रेस प्रजातान्त्रिक पार्टीको मूलधारको पहिलो राजनीतिक दल हो ।”

उनले एकात्मक प्रणालीबाट वर्तमान अवस्थामा ल्याउने नेपालको राजनीतिक दलमध्ये निर्णय गर्ने पहिलो पार्टी हो भन्दै जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

उनले भने, “सङ्घीयताको निर्णय गर्ने पहिलो पार्टी हो । यसलाई सफल बनाउने काम हाम्रो हो ।”

उनले आवश्यक कानुन नबनेका कारण विभिन्न मन्त्रालयका दर्जनौं काम अघि नबढेको बताए । उनले भने, “४० वटाभन्दा बढी कानुन बनाएका छैन । आफैंले स्थापित गरेको आन्दोलनलाई असफल बनाएर कता पुग्छौं रु जिम्मेवारीका साथ छलफल गर्नुपर्नेछ ।”

उनले कांग्रेस नयाँभन्दा पनि पुरानो जस्तो बनाउनुपर्ने भनाइ राखे ।

“सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता लिँदै गर्दाको जस्तो, पूर्णबहादुर खड्काले सदस्यता लिँदै गर्दा जस्तो बनाऔं”, उनले कांग्रेस वास्तवमा जस्ते हो त्यस्तै देखिने गरी पार्टी निर्माण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८० आश्विन ८ गते, सोमबार


Scroll to Top

Janata Media