२०८४ को निर्वाचनमा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ – रवि लामिछाने

जनता संवाददाता
२०८० आश्विन १४ गते, आईतवार

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर बन्द हुने बताएका छन् ।

उनले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् ।

शनिवार दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न पनि ठूला दलहरूलाई आग्रह गरे ।

जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरू एक ठाउँमा रहन नसक्ने भन्दै उनले २०८४ को निर्वाचनले कि आफूहरूको कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने पनि बताए ।

सभापति लामिछानेले अहिले सरकारले भष्ट्राचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गरेको टिप्पणी गरे ।

जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्न र आफ्नो लाज ढाक्नलाई मात्र समय खर्चिएको भन्दै राष्ट्रिय पार्टीको चिन्ता भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन र काम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २०८० आश्विन १४ गते, आईतवार


Scroll to Top

Janata Media