वर्तमान सरकार ढल्दैन : अध्यक्ष नेपाल

जनता संवाददाता
२०८० आश्विन २९ गते, सोमबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार नढल्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकार ढल्छ भनेर केहीले चुरिफुरी गरेको भन्दै त्यस्तो नहुने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका उनले नेपालमा भ्रष्टाचारी व्याप्त रहेको बताए । हामीले भ्रष्टाचारविरुद्धको आवाज लिएर पनि जनताको बीचमा आएका छौँ’ उनले भने, “देशमा भइरहेका बेथितिविरुद्धमा अभियान चलाउँदै समाजवादी पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गराइने छ ।”

न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताबीचमा आएको बताए । उनले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताए । अध्यक्ष नेपालले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गरे ।

कार्यक्रमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालाले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०८० आश्विन २९ गते, सोमबार


Scroll to Top

Janata Media