दुर्गा प्रसाईको आन्दोलन भोलिबाट तीनकुनेमा हुने

जनता संवाददाता
२०८० मंसिर ७ गते, बिहीबार

काठमाडौं । दुर्गा प्रसाई नेतृत्वले भोलिबाट तीनकुुने केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको छ ।

राष्ट्र, राष्ट्रियत, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियानका सहप्रवक्ता राजानन्द मान्डव्यले भोलिबाट आफूहरुले तीनकुने केन्द्रीय रहेर आन्दोलन गर्ने र साँढे ५ बजे प्रसाईको घरमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी गराए ।

‘हाम्रो आन्दोलन भोलिबाट तीनकुने केन्द्रीत हुनेछ । साँढे ५ बजे सानोठिमीस्थित दुर्गा प्रसाईको निवासमा पत्रकार सम्मेलन गर्दैछौँ ।’ उनले भने ।

राजतन्त्र पुनस्थापनासहितका नारासहित प्रसाईको नेतृत्वमा आज काठमाडौंको बल्खुमा आन्दोलन भएको थियो । आन्दोलनको क्रममा केही झडप समेत हुन पुगेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर ७ गते, बिहीबार


Scroll to Top

Janata Media