काँडाघारीमा खानेपानी धारा उद्घाटन कार्यक्रम सम्पन्न

जनता संवाददाता
२०८० कार्तिक ३ गते, शुक्रबार

काठमाडौँ । काठमाडौँको काँडाघारीमा खानेपानी धारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा कार्यक्रम सम्पन्न भएको हो ।

बडा दशै, दीपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं परीक्षणको रूपमा कार्यक्रम आयोजना गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा, नगर उपप्रमुख शान्ता थापाको विशेष आतिथ्यतामा, काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जीवन थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अतिथिका रुपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष अनिल थापा, वडा नम्बर ७ का वडाध्यक्ष भिमषेन थापा, अन्य पार्टीका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख उपेन्द्र कार्कीले खानेपानीको धारा उद्घाटन गर्दै यहि वर्षभित्र प्रेकको घर घरमा शुद्ध पिउने पानी पुगाउने प्रतिबद्धता जनाए । उनले आफूहरु सँधै चुनावमा गरेका बाचाहरु पुरा गर्न हरबखत लागेको पनि जानकारी गराए । ‘हामी जसरी भएपनि यहि वर्षभित्रै घर घरमा शुद्ध खानेपानी पुगाउछौँ । तपाईँहरु ढुक्क भएर बस्नुस् । यो हाम्रो प्रतिबद्धता हो ।’ उनले भने ।

कार्यक्रममा उपप्रमुख शान्ता थापाले खानेपानी विषयमा नगरप्रमुख एकदमै दृढ रुपमा लाग्नु भएकाले पनि प्रमुखले गर्नुभएको बाचा पुरा गर्नेमा विश्वास व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमषेन थापाले पनि नगर प्रमुखको काम को गति हेर्दा पनि आफूहरु खानेपानी घर घरमा पुग्नेमा विश्वस्त रहेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का वडाध्यक्ष अनिल थापाले खानेपानी निर्माण माथिको चक्रव्यूह तोड्ने एकमात्र पात्र नगर प्रमुख नै भएकाले घर घरमा पानी पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्ष एवं उपभोक्ता समितिका अध्यक्ष जीवन थापाले कार्यक्रम समापन गर्दै आफूसँग प्राविधिक ज्ञान नभएतापनि काम गर्ने शिलशिलामा एकदमै दृढ भएर लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अन्य पार्टीका नेताहरुले पनि आ आफ्ना धारणाहरु राखेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते, शुक्रबार


Scroll to Top

Janata Media